स्वप्नफल (DREAM MEANINGS)
सपनाको फल खोज्नुहोस्
तपाईंले देख्नुभएको सपनाको अर्थ यहाँ फेला पार्नुहोस्
कुनै नतिजा फेला परेन
तपाईंको खोजसँग मिल्ने कुनै सपना फेला परेन। कृपया अर्को शब्द प्रयोग गर्नुहोस्।
सपनाको फल भोग हुने समय
रातको प्रथम प्रहर
एक वर्षसम्म देखिन्छ
रातको दोश्रो प्रहर
८ महिनासम्ममा प्राप्त हुन्छ
रातको तेस्रो प्रहर
तीन महिनासम्म फल मिल्छ
रातको चौथो प्रहर
एक महिनाभित्र देखिन्छ
सुर्योदय काल
तत्काल प्रभाव देखिन्छ
सपना निरर्थक हुने अवस्था
रोगी, शोकले ग्रस्त, चिन्तित, कामले थकित, र मद अवस्थामा देखिएको समस्या निरर्थक हुन्छ। मनमा धेरै कुरा खेलेका बेला देखिएका सपना मनका विकार मात्र हुन्। स्वस्थ, चीर निन्द्रित अवस्थामा देखिएको सपना मात्र फलका विषय हुन्छन्।
पित्त, कफको विकार भएको, रोगले ग्रस्त, ज्वरो आएको वा बिरामी भएको व्यक्तिले देखेको सपनाको पनि फल हुँदैन।
दिउँसो देखेको सपनाको खासै फल हुँदैन। राती देखेको सपना दिउँसो सोचिएको विषयसँग जोडिन गयो भने पनि सपना निष्फल हुन्छ। राती पिसाब च्यापेका बेला सपना देखियो भने सो सपनाको पनि खासै फल हुँदैन।
शुभ सपना देखे के गर्ने ?
१. शुभ सपना देखिए ब्युँझिए पछि नसुत्ने। रातभर जागा नै बस्ने। यसरी देखिएको शुभ सपना कसैलाई पनि नबताउने।
अशुभ सपना देखे के गर्ने ?
अशुभ सपना देखियो भने मनमा चिन्ता नलिई पुनः सुत्ने। पुनः सुत्दा निद्रा परेमा सो सपना निष्फल हुने सम्भावना बढी हुन्छ।
अशुभ सपना देखियो भने अरुलाई बताउने। अझ मिलेसम्म ब्राह्मणलाई अशुभ सपना सुनाइयो भने सो सपनाको फल निष्क्रिय हुन्छ।
अशुभ सपना देखियो भने विहान उठेर नुहाउनुपर्दछ। आमा, बुबा र गुरुको सेवा गर्ने, तिलकको हवन गरी पुरुषसुक्त र विष्णु सहस्रनाम पाठ गर्नाले पनि अशुभ सपना निष्फल हुने मान्यता छ।
संकलनकर्ता: सुर्य प्रसाद प्याकुरेल
सपना विवरण पठाउनुहोस्
तपाईंको सपना माथिको विवरणमा छैन भने यो फर्म भर्नुहोस्, केहि समयमा त्यसको फलसहितको स्वप्नफल प्रकाशन हुनेछ।
शास्त्र अनुसार सपनाको फल
सपनाको फल देख्ने समय र अवस्थाले पनि प्रभाव पार्छ। बिहानको समयमा (ब्रह्म मुहुर्त) देखेको सपना छिटो र बढी फलदायी हुने शास्त्रीय मान्यता छ। शुभ सपना देखेमा अरुलाई नभन्नु र अशुभ सपना देखेमा अरुलाई सुनाउनु राम्रो मानिन्छ।